नेकपा (एमाले) को ११औं राष्ट्रिय महाधिवेशनका लागि मोरङका ६ वटै क्षेत्र बाट संस्थापन समुहले उल्लेखनिय जित पार्दा ढाकाल समुह मोरङका केही क्षेत्रमा मात्र सिमत भएको छ ।
मंसीर १३ गते सम्पन्न प्रतिनिधि छनोटमा मोरङ क्षेत्र नं.१ मा संस्थापन समुहको प्यानलनै विजयी भएको छ जसमा भुगोल खुल्ला तर्फ डिल्लीराम शर्मा अधिकारी, गंगा प्रसाद खरेल,उमाकान्त गौतम, बुद्धिमान लिम्बु त्यस्तै भुगोल युवा उर्गेन तामाङ र भुगोल महिला तर्फ शान्ती कुमारी लिम्बु,मेनु पाण्डे, सरला राई छनोट भएका छन ।

क्षेत्र नं.२ मा भुगोल खुल्ला तर्फ ऋषिकेश पोखरेल, श्याम राजवंशी, शुसिल बुढाथोकी, लिलाबल्लब अधिकारी त्यस्तै भुगोल युवा कल्पनाथ ठाकुर र भुगोल महिला रामजना बुढाथोकी अधिकारी, गिता देवि बानिया कार्की छनोट भएका हुन जसमा संस्थापन इतरवाट लिलाबल्लब अधिकारी मात्र छनोट भएका छन ।
क्षेत्र नं.३ मा भुगोल खुल्ला तर्फ राजकुमार ओझा, ज्ञानेन्द्र सुबेदी, भोलानाथ अधिकारी, भुपाल श्रेष्ठ, इरान राई, त्यस्तै भुगोल युवा निरज कुमार ढाकाल र भुगोल महिला यमुना बिष्ट, धनमाया तामाङ , सिता तामाङ छनोट भएका छन । जसमा संस्थापन इतरवाट ज्ञानेन्द सुबेदी भोलानाथ अधिकारी, इरान राइ, निरज कुमार ढकाल, धनमाया तामाङमात्र छनोट भएका हुन ।
क्षेत्र नं.४ मा भुगोल खुल्ला तर्फ नगेन्द्र बस्नेत,मुकेश बुढाथोकी, महेश प्रसाद भट्टराइ त्यस्तै भुगोल युवा राम पोखरेल र भुगोल महिला बिमला घिमिरे, गुणावती देवि थारु छनोट भएका हुन । जसमा संस्थापन इतरवाट महेश प्रसाद भट्टराइ मात्र छनोट भएका छन ।
क्षेत्र नं.५ मा भुगोल खुल्ला तर्फ दिलिप वगडिया, मनोज अग्रवाल, ज्ञानेश्वर राजवंशी भुगोल युवा हमिद आजाद र भुगोल महिला उषा झा,शान्ता डंगोल छनोट भएका छन जसमा संस्थापन समुह र इतर समुहले ३।३ जना बाडफाड गरी प्रतिनिधी छनोट गरेका हुन ।
क्षेत्र नं.६ मा भुगोल खुल्ला तर्फ विनोद ढकाल, रमेश कुमार पोखरेल, पित कुमार श्रेष्ठ भुगोल युवा षन्तुस घिमिरे र भुगोल महिला सरस्वती भण्डारी, सरस्वती खरेल छनोट भएका छन जसमा संस्थापन इतर समुहका मात्र प्रतिनिधी छनोट गरेका हुन । त्यस्तै गरी मोरङ भुगोल दलित प्रतिनिधिमा संस्थापन पक्षका किशोर बिश्कर्मा, रीङ्कु परीयार र खेम नेपाली छनोट भएका छन खेम इतर समुहका हुन ।
मोरङ बाट छनोट हुने ४६ जना महादिवेशन प्रतिनिधि छनोट भई सकेको कुरा निर्वाचन आयोगले जनाएको छ ।





