विराटनगर, ७ मंसिर – नेकपा एमालेको ११ औं महादिवेशनको प्रतिनिधिका लागी विराटनगरको सुपरीचित युवा विद्यार्थीनेताको पहिचान बनाएका जुजारु लडाकु सोभावका लक्ष्मण पोखरेल (लट्टे) ले पार्टीको महाधिवेशनमा मोरङ क्षेत्र नं. ४ बाट युवा कलस्टर हुदै प्रतिनिधिका रूपमा सहभागी हुने इच्छा गर्दै आफ्नो दावि पेस गरेका छन। उनी विराटनगर–८ निवासि लामो समय सम्म बिद्यार्थी राजनिती गर्दैैैै आएका हुन अनेरास्ववियु महेन्द्र मोरङ क्याम्पसका अध्यक्ष, २०७३ को महेन्द्र मोरङ क्याम्पसका स्ववियु अध्यक्षका उमेरद्धार, नेकपा एमाले विराटनगर महानगर कमिटि सदस्य तथा विद्यार्थी फाट प्रमुख रहदै हाल नेकपा एमाले जिल्ला कमिटि सदस्य रहेका छन । साथै संगठन विस्तार र युवा गतिविधिमा सक्रिय हुँदै आएका छन । नेकपा एमालेमा उनको प्रतिनिधित्वले संगठनमा थप टेवा पुग्ने उनी बताउदै छन ।
।

महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुँदैछ भने मंसिर १३ गते देशभरबाट प्रतिनिधि छनोट प्रक्रिया सुरु हुँदैछ। पार्टीले प्रतिनिधि सभा क्षेत्रका १ हजार २ सय संगठित सदस्य भएमा कम्तीमा एक जना ४० वर्षमुनिका युवा प्रतिनिधि अनिवार्य सहभागी गराउनुपर्ने व्यवस्था गरेको छ । मोरङ क्षेत्र नं ४ बाट पनि एक युवा प्रतिनिधि चयन हुने छ, जसका लागि पोखरेल इच्छुक रहेका छन्। मोरङबाट ७ जना युवा सहित ४९ जना प्रतिनिधि एमाले महाधिवेशनका लागि चयन हुने छन।





