डेडिकेटेड तथा ट्रंक लाइनको महसुल नबुझाएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत काटिदिएपछि रूपन्देहीका १० वटा उद्योग तथा विभिन्न जिल्लाका उद्योगमा कार्यरत करिब ४० हजार मजदुर कामविहीन भएका छन्।

विद्युत प्राधिकरण र उद्योग बीच २०७७ सालदेखि सुरू भएको महसुल विवाद पछिल्लो समय कुलमान घिसिङ ऊर्जामन्त्री बनेपछि फेरि बल्झिएको हो।
आफूहरूले माग र प्रयोग नै नगरेको डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बुझाउन नसकिने बताउँदै आएका छन
विद्युत प्राधिकरणले गत शुक्रबार साँझदेखि बुटवल–भैरहवा सडक आसपास रहेका पञ्चकन्या करिडोरका पञ्चकन्या स्टिल, पञ्चकन्या प्लास्टिक, एभरेस्ट रोलिङ, एसआर स्टिल, एसआर फुड्स, भलवारि स्वचालित चामल कारखाना, घराना फुड्स, गोयनका फुड्स, सिद्धार्थ पेट प्लास्ट र श्याम प्लास्टिक उद्योगको लाइन काटिदिएको हो।
उद्योगहरूमा विद्युत कटौती भएका उद्योगहरूमा उत्पादन बन्द भएपछि त्यहाँ कार्यरत सबै मजदुर बेरोजगार बन्ने अवस्थामा पुगेका हुन्।





