बंगलादेशमा आउँदो वर्ष फेब्रुअरीमा हुने भनिएको आम चुनाव अनिश्चित बन्दै गएको छ ।

थप राजनीतिक अस्थिरता, हिंसा र सेनाभित्रको गतिविधिका कारण चुनावी तयारी ठप्पजस्तै भएको छ।
एकातिर पूर्व प्रधानमन्त्री शेख हसिना नेतृत्वको आवामी लीगमाथि प्रतिबन्ध लागेको छ भने अर्कातिर
विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को
तयारीबीच जमात ए इस्लामीले ‘सुधारबिना चुनाव हुन नदिने’ चेतावनी दिएको छ।





