नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्।

केन्द्रीय कार्यसमिति बैठकमा आज बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए हुन ।
‘उनले भने मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला ।
पटकपटक प्रधानमन्त्री भए पनी आफूले समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाउन नपाएको बताएका छन्। उनले धेरैले आफूलाई पटकपटक प्रधानमन्त्री भएको आरोप लगाए पनि समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री नभएको बताएका हुन्।
ुपाँच पटक प्रधानमन्त्री भएँ तर समग्रमा एक कार्यकाल पनि प्रधानमन्त्री चलाएको छैन,ु उनले थपे।
उनले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने पनि बताए छन ।
जेनजि प्रर्दशन पछी सभापति देउवा पहिलो पटक सार्वजनिक भएका हुन्। जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले देउवामाथि आक्रमण गरेका थिए।





