नेपालका विपिन जोशी जीवित नरहेको औपचारिक घोषणा गरेको गरेको छ।

केहीबेर अघि विपिनको परिवार तथा इसरायलस्थित नेपाली दूतावाससँग भिडियो क्न्फरेन्स गरेर इसरायली सरकारले यो जानकारी दिएको इसराइलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।
‘आइडिएफले हामी र विपिनको परिवारसँग भिडिओ कुराकानी गरेर ‘हि इज् नो मोर’ भन्ने जानकारी दियो,’ राजदूत धनप्रसाद पण्डितले सेतोपाटीसँग भने, ‘परिवारकै सामु आइडिएफले यो जानकारी दिएको छ।’





