२२ असोज, काठमाडौं । बुधबार सेयर बजारका सबै सूचक घटेका छन् भने नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ४५।३६ अंक घट्यो र नेप्से २५५९ अंकमा कायम भएको छ ।

प्रिओपनमा ५ अंक बजार बढे पनि नियमित कारोबार सुरु भएपछि बजार लगातार घटिरह्यो । दिउँसो १ बजेर ४१ मिनेटमा नेप्से २५३५ अंकसम्म झरे पनि त्यसपछि सामान्य सम्हालियो । १८ कम्पनीको मूल्य बढ्यो भने २३२ को घट्दा एउटाको स्थिर रह्यो ।





