काठमाडौं , नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले शुक्रबार पार्टीको सबै कमिटीहरू भंग हुनुअघि केही प्रश्न सोधे, केही जवाफ दिए ।

शर्माले अर्को प्रचण्ड बन्न खोजेको नभई प्रचण्डपछिको अर्को प्रचण्ड खोज्ने प्रयास गरेको प्रष्टीकरण दिए । आफ्नो जवाफलाई बलियो बनाउन उनले गरेको तर्क थियो, ‘प्रचण्डले मात्रै नेतृत्व छाड्ने भनेको होइन, उहाँले जति नभए पनि दुई तीन दशकदेखि नेतृत्वमा रहेका सबैले छाडौं भन्ने हो । मैले पनि छाड्ने हो उनले बताए ।





