असोज ९, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री सुशीला कार्कीलाई बालुवाटर पुगेर भेटेका छन्।

मेयर शाह र प्रधानमन्त्री कार्कीबीच बुधबार भेटवार्ता भएको भन्ने खुल्न आएको छ।
मेयर शाहले प्रधानमन्त्री कार्कीलाई दुई विषयमा मात्रै ध्यानाकर्षण गराएका थिए।
भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको आन्दोलनमा गोली चलाउनेमाथि कारबाही र जेनजीका कुरा सुनुवाइ हुनुपर्ने कुरा मेयर शाहको थियो।
भदौ २३ गते काठमाडौंमा मात्र १७ जनाको मृत्यु भएको थियो।
मेयर शाहले यस घटनामा दोषीहरूमाथि छानबिनमा किन ढिलाइ भएको र दोषीमाथि अहिलेसम्म किन कारबाही नभएको भन्ने विषयमा प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएको स्रोतको भनाइ छ।





