सिरहा । सिरहाको गोलबजार नगरपालिका–१३, दुर्गापुर डङ्ग्राहका १४ वर्षीय बालक अभिषेक कुमार सिंहको हत्या भएको छ। उनको शव मंगलबार बिहान फेला परेको छ।

असोज ५ देखि बेपत्ता भएका अभिषेकको शव अर्जुन आधारभूत विद्यालय नजिकै विभत्स अवस्थामा भेटिएको वडा अध्यक्ष नन्द कुमार महतोले जानकारी दिए। अभिषेक आइतबारदेखि हराएका थिए।
यही क्रममा परिवारका सदस्य वडा अध्यक्ष महतोकहाँ पुगेका थिए। त्यतिबेला मोबाइलमा इमोमार्फत ५ करोड रुपैयाँ फिरौती माग गरिएको सन्देश आएको पाइएको वडा अध्यक्ष महतोले बताए। हिन्दीमा लेखिएको उक्त सन्देशमा सेप्टेम्बर २५ भित्र रकम बुझाउन भनिएको थियो। साथै, प्रहरी वा पत्रकारलाई खबर गरेमा जे पनि हुन सक्ने धम्की पनि दिइएको थियो।





