दक्षिण अफ्रिकाका विकेटकिपर ब्याटर क्विन्टन डिककले एकदिवसीय क्रिकेटबाट लिएको सन्यास फिर्ता लिँदै दक्षिण अफ्रिकाको टोलीमा पुनरागमन गरेका छन् ।

सन् २०२३ को एकदिवसीय विश्वकप सेमिफाइनलमा पराजित भएपछि सन्यासको घोषणा गरेका डिकक पाकिस्तान भ्रमणका लागि घोषणा गरिएको एकदिवसीय टोलीमा फर्किएका हुन् ।





