११ भदौ, काठमाडौं ।

प्रहरीले विद्युतीय अपराधको आरोपका आधारमा बुधबार जिल्ला अदालत, काठमाडौंले महरविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ परेका महरमाथि थप अनुसन्धानका लागि प्रहरीले म्याद थप गर्न अहिले जिल्ला अदालत, काठमाडौं लगेको छ । महरविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा चरित्रहत्या र गाली बेइज्जतीको उजुरी परेको थियो । पीडितले महरविरुद्ध हुलाकमार्फत दिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको स्रोतले जानकारी गराएको छ ।
महरविरुद्ध यसअघि पनि एक महिलाले बलात्कृत भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । बझाङका स्थायी बासिन्दा महर नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका हुन् ।
गत प्रतिनिधिसभा निर्वाचनमा बझाङबाट उम्मेदवार बनेका महर नेकपा एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।
महरलाई ०७८ मंसिरमा एमालेले केन्द्रीय सदस्य मनोनीत गरेको थियो ।





