असोज २४, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेकपा एमाले निकट

युवा संघलाई मोटरसाइकल र्याली र सभा गर्न रोक
लगाएको छ ।
युवा संघले शनिबार काठमाडौंमा वृहत मोटरसाइकल
र्याली आयोजना गर्ने घोषणा गरेको गरी सकेको थियो ।
तर काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले
कुनै पनि समूह वा संगठनलाई र्याली, जुलुश र सभा जस्ता
कार्यक्रम गर्न अनुमति नदिइएको जनाएका हुन ।





