असोज २६ गते नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ।

भदौ २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा आगजनी भएको सानेपास्थित केन्द्रीय कार्यालयमै केन्द्रीय समिति बस्नेछ।
केन्द्रीय समिति बैठक नजिकिँदासमेत बैठकका एजेन्डाबारे छलफल भएको छैन। विगतमा केन्द्रीय समितिअघि पदाधिकारी र पूर्वपदाधिकारीहरूसँग सम्भावित एजेन्डा र त्यसमाथि नेताहरूको सहमति खोज्न पनि सभापति देउवाले अनौपचारिक कुराकानी
गर्ने गरेका थिए। जेनजी आन्दोलनका क्रममा भदौ २४ गते प्रदर्शनकारीहरूले देउवाको घर आगजनी गरेका थिए भने देउवा दम्पतीमाथि आक्रमण भएको थियो। सोही दिनदेखि देउवा उपचारमा थिए। त्यसैले उनी सार्वजनिक रूपमा देखिएका छैनन्। सुरक्षाका कारण सभापति देउवा बसोबास गरेको ठाउँ पनि सार्वजनिक गरिएको छैन। सभापति देउवा सार्वजनिक रूपमा नदेखिएको २९ दिन भइसकेको छ। बैठक तय भएपनी बैठकको ठोस एजेन्डा तय हुन सकिरहेको छैन । साथै बैठकमा आउँने हुन कि हैनन् भन्ने पनी तय भएको देखिदैन ।





