जेन-जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारले डा. जगत विकलाई स्वास्थ्यमन्त्री बनाउन माग गरेका छन्।

मृतक तथा पीडित परिवार संघर्ष समितिले आइतबार विकलाई मन्त्री बनाउनुपर्ने भन्दै प्रधानमन्त्री निजी सचिवालयमा माग पत्र बुझाएका छन्।
संघर्ष समितिका संयोजक कमल सुवेदीका अनुसार विकलाई स्वास्थ्य मन्त्री बनाउनका पीडित पक्षले माग गरेको हो।
‘हाम्रो माग राख्दा स्पष्ट राख्दा पनि एकपटक पनि छलफलमा बोलाइएन,’ संयोजक सुवेदीले भने, ‘मृतकै परिवारको कुरा सुनिएको छैन।’
जेन-जी आन्दोलनमा मृत्यु भएकाहरूको परिवारहरू मिलेर समिति बनाइएको थियो। तर आफूहरूकै कुरा नसुनेको उनीहरूको गुनासो छ।





